रुसमा जारी विश्वकपमा नवप्रवेशी टोली पानामाविरुद्ध ३–० को जित निकाल्दै बेल्जियमले रुस विश्वकपमा सुखद सुरुआत गरेको छ । यद्यपि पानामासँगको पहिलो हाफ बेल्जियमलाई हम्मेहम्मे परेको थिए । पहिलो हाफ पानामाले बेल्जियमलाई बराबरीमा रोकेको थियो । स्टार खेलाडीले भरिएको बेल्जियमविरुद्ध पानामा सुरुवातमा केही दबाबमा देखिए पनि केही समयपछि सन्तुलित रुपमा प्रस्तुत भएको थियो ।
त्यसैगरी विश्वकपमा स्विडेनले विजयी सुरवात गरेको छ । आज भएको खेलमा उसले एसियाली प्रतिद्वन्द्वी दक्षिण कोरियालाई १–० गोलअन्तरले हरायो । खेलको ६५औं मिनेटमा पाएको पेनाल्टीलाई स्वडेनका डिफेण्डर आन्द्रेस ग्रान्भिस्टले गोलमा परिणत गरेका थिए । त्यही गोलले स्वीडेन विजयी भयो ।