काठमाडौं । चीनमा जारी १९औं एशियाली खेलकुदको पुरुष क्रिकेटमा सेमिफाइनल प्रवेशका लागि नेपाल र भारत विचको प्रतिस्पर्धा जारी छ । जेजिझाङ क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले नेपाललाइ जितका लागी २०३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०२ रनको योगफल तयार पारेको छ । भारतका लागी याशांभी जैसवालले शतक बनाएका छन् । बलिङमा दिपेन्द्र सिह एरीले २ विकेट लिदा सोमपाल कामि र सन्दिप लामिछानेले एक एक विकेट लिएका छन् ।
नेपाल अहिले ब्याटीङ गरिरहेको छ । यसअघि समूह चरणमा मंगोलियाविरुद्ध कीर्तिमानी २ सय ७३ रनको जित र माल्दिभ्सविरुद्ध १ सय ३८ रनको शानदार जित दर्ता गर्दै नेपाल क्वाटरफाइनलमा पुगेको थियो ।
नेपालसंगै हङकङ र मलेसिया समूह चरण पार गरेर क्वार्टरफाइनलमा पुगेका हुन् भने टेस्ट मान्यता प्राप्त भारत पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान सिधै क्वाटरफाइनलमा पुगेका हुन ।त्यस्तै अन्य खेलमा सेमिफाइनल चरण प्रवेशका लागि पाकिस्तानले हङकङसँग, बंगलादेशले मलेसियासँग र श्रीलंकाले अफगानिस्तानसँग खेल्नेछन् ।
यसअघि नेपालले गत महिना श्रीलंकामा भएको एशिया कप क्रिकेटमा भारतसंग एकदिवशीय क्रिकेट खेलेको थियो । भारतको राष्ट्रिय टोलीसंग टी-२० मा भने नेपालले पहिलो पटक खेलिरहेको छ ।