सुन तस्करी छानबिनका लागि पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन

सुन तस्करी छानबिनका लागि पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन

काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । भर्खरै सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्चअदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यलको संयोजकत्वमा आयोग गठन गरेको हो ।

आयोगको अन्य सदस्यमा अर्थमन्त्रालयका किशोरजंग कार्की, गृहमन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

संयोजक बनाइएका आचार्य उच्च अदालतका पूर्वन्यायाधीश हुन् ।