सर्बियाले कोस्टारिकालाई १–० ले हरायो

सर्बियाले कोस्टारिकालाई १–० ले हरायो

मस्को- सर्बियाले रुस विश्‍वकप फूटबलमा विजयी सुरुवात गरेको छ। समूह चरणको आफ्नो पहिलो खेलमा सर्बियाले आइतबार साँझ कोस्टारिकालाई १-० गोलले पराजित गरेको हो।

अलेक्जान्दर कोलारोभले शानदार फ्रिकिक गोल गरेपछि मध्य अमेरिकी प्रतिस्पर्धी कोष्टारिकालाई हराउँदै सर्वियाले विश्वकपमा विजयी सुरुआत गरेको हाे ।
समूह इ अन्तर्गत आइतबार सम्पन्न खेलको ५६औं मिनेटमा करिव २५ यार्ड टाढाबाट पाएको फ्रिकिक अवसरलाई सर्वियाका कप्तान तथा म्यान्चेस्टर सिटीका पूर्व डिफेण्डर कोलारोभले शानदार गोलमा परिणत गरेका थिए । गोल खाएपछि दवावमा आएको कोष्टारिका खेलमा फर्कन सकेन ।