

काठमाडाैँ, ३ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठक आइतबार आह्वान गर्नु भएको छ । अपराह्न ४ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक बस्न लागेको हो ।
प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिले संयुक्त बैठक आह्वान गर्नुभएको हो । बैठकले संसदको नियमावली पारित गर्ने छ ।