संखुवासभा कांग्रेस जिल्ला सभापति दिपक खड्काद्वारा राजीनामा

संखुवासभा कांग्रेस जिल्ला सभापति दिपक खड्काद्वारा राजीनामा

काठमाडौं । नेपाली कांग्रेस संखुवासभा जिल्ला सभापति दिपक खड्काले राजीनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर उनले एक पृष्ठको राजीनामा बुझाएका छन् । उनी २०७८ असोज १४ गते सम्पन्न १४ औं जिल्ला अधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् ।

२०७९ मंसिरमा सम्पन्न निर्वाचनमा निकटम प्रतिद्वन्द्वीभन्दा ५ हजार ४ सय बढी मतान्तरले निर्वाचित खड्काले व्यस्तताका कारण देखाइ राजीनामा दिएका छन् । उनले राजीनामापत्रमा भनेका छन, ‘म हाल प्रतिनिधिसभा सदस्य रहेको र प्रतिनिधिसभाको गतिविधिमा संलग्न हुनुपर्ने भएका कारण काठमाडौंमै धेरै समय बिताउनुपर्ने अवस्था छ । जसका कारण जिल्लाको पार्टी संगठनलाई चाहे पनि पर्याप्त समय दिन सकिएको छैन भन्ने मलाई अनुभूति भएको छ । उल्लेखित कारणलाई दृष्टिगत गर्दै पार्टी संगठन सुदृढ गर्न सहज होस् भन्ने असल चाहनाले मैले मेरो नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सभापति पदबाट राजीनामा दिने निर्णय गरेको छु ।’