चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने

चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने

काठमाडौ। चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको क्रममा यसबारे सम्झौता भएको हो ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङद्वारा जारी संयुक्त वक्तब्यमा नेपालमा चिनियाँ पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०२५ लाई चीनमा नेपाल भ्रमण वर्ष घोषणा गरिने उल्लेख गरिएको छ।

दुई देशका विभिन्न सहरहरूबीच भगिनी सहर सम्बन्ध स्थापना गर्न दुवै पक्ष जनताबीचको सम्पर्कलाई प्रवर्द्धन र प्रगाढ बनाउन दुवै पक्ष तत्पर रहेको संयुक्त वक्तब्यमा उलेल्ख गरिएको छ।चीनले आयोजना गरेको सांस्कृतिक र पर्यटन आदानप्रदान गतिविधिमा सहभागी हुन र चीनमा पर्यटन प्रवर्द्धन कार्यक्रमहरू आयोजना गर्न चिनियाँ पक्षले विभिन्न तहमा नेपालको सांस्कृतिक तथा पर्यटन संस्थाहरूलाई सहयोग गर्न जारी राख्ने र थप चिनियाँ पर्यटकहरूलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने समेत वक्तब्यमा उल्लेख गरिएको छ।

सन् २०२५ लाई चीनले नेपाल भ्रमण वर्षको रुपमा मनाउने तयारी भएसँगै नेपालमा पर्यटकहरुको आगमनमा वृद्धि हुने अपेक्षा गर्न सकिन्छ ।