विश्वकप अपडेट: आज हुने चार खेलमा काे-काे भिड्दैछन् (हेर्नुहाेस्)

विश्वकप अपडेट: आज हुने चार खेलमा काे-काे भिड्दैछन् (हेर्नुहाेस्)

काठमाडौं, २ असार । फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज चार खेल हुदैछन् । आज समूह सी र डी का पहिलो चरणका खेलहरु हुने भएका हुन् ।

नेपाली समयअनुसार दिउँसो पौने ४ बजे हुने खेलमा फ्रान्स र अस्ट्रेलिया भिड्नेछन् । यसैगरी साँझ पौने ७ बजे अर्जेन्टिनाले आईसल्याण्डसँग खेल्नेछ ।
दुई पटकको विश्वकप विजेता अर्जेन्टिनालाई यसपटक पनि गोल मेसिन अर्थात् लियोनल मेस्सीलाई हेरेर उपाधि दावेदारको रुपमा हेरिएको छ ।

सानो मुलुक आईसल्याण्ड भने पहिलो पटक विश्वकपमा सहभागी भएको हो । आजको तेस्रो खेलमा पेरु र डेनमार्क भिड्नेछन् । यो खेल नेपाली समय अनुसार बेलुकी पौने ९ वजे सुरु हुनेछ । आजै राति पौने १ बजे हुने खेलमा क्रोएसिया र नाईजेरिया भिड्दै छन् ।