काठमाडौं, २ असार । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको छैठौं महाधिवेशनबाट पुस्कर आचार्यको प्यानल विजयी भएको छ ।
नयाँ नेतृत्वमा अधिकांश आचार्य प्यानलकै विजयी भएका छन् भने उहाँका प्रतिस्पर्धी तथा बर्तमान अध्यक्ष खिलानाथ दाहालको प्यानलबाट एकजना खुल्ला सदस्य ध्रुवचन्द्र गौतम विजयी मात्र भएका छन् ।
आचार्यको प्यानललाई काँग्रेसका नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समुहको समर्थन रहेको थियो भने दाहालको प्यानललाई कांग्रेस सभापति शेरबहादुर देउवा प्यानलको समर्थन रहेको थियो ।
ट्रेड युनियनको निर्वाचनले १७ पदाधिकारीसहित नयाँ नेतृत्व चयन गर्न लागेको हो । जम्मा १४ सय २० मतदाता रहेको युनियनमा १३ सय ९२ मत खसेको थियो ।