सरकारमा सहभागितालाई लिएर राजपामा तीन धार

सरकारमा सहभागितालाई लिएर राजपामा तीन धार

काठमाडाैँ , २ असार । सरकारमा सहभागिताबारे राष्ट्रिय जनता पार्टीमा विवाद देखिएको छ । सरकारलाई हेर्ने दृष्टिकोणमै राजपा नेताहरूमा तीन धार देखिएको हो । एउटा पक्ष सरकारमा जाने र अर्को पक्ष जान नहुने पक्षमा छन् । तेस्रो पक्ष भने तटस्थ छ । तर, सरकारमा जानुपर्ने धार नै बलियो देखिन्छ । याे खबर नयाँ पत्रिकाबाट लिएका हाैँ ।

राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका छन् । सरकारमा जान तयार भए पनि वातावरण बनिनसकेको राजपाका नेताहरूले बताउने गरेका छन् । अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले सरकारमा सहभागिताबारे छलफल भए पनि कुनै प्रगति नभएको बताए ।

राजेन्द्र महतो, शरदसि‌ह भण्डारीलगायत सरकारमा जानुपर्ने पक्षमा छन् । अनिल झा र महेन्द्र राय यादव सरकारमा जानै नहुने अडानमा छन् । राजकिशोर यादव भने तटस्थ छन् । केही समयअघि महन्थ ठाकुर पनि तटस्थ नै थिए । तर, अहिले प्रधानमन्त्रीसँग छलफलमा छन् ।