

जनकपुरधाम, २७ भदौ । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सफल रुपमा प्रयोग हुन नसके संघीयता खारेज हुन सक्ने अभिव्यक्ति दिएका छन् ।
जनकपुरधाममा बुधबार सञ्चारकर्मीसँग उनले प्रयोगकै चरणमा रहेको संघीयता सफल रुपमा कार्यान्वयन नभए खारेज हुन सक्ने अभिव्यक्ति दिएका हुन् ।आमनेपाली जनताका लागि फलदायी नभए देशकै लागि बोझ हुने संघीयता चाहेर वा नचाहेर पनि टिक्न नसक्ने भन्दै उनले संघीयताको भविष्यलाई लिएर अहिले कुनै निर्णयमा पुग्ने स्थिति नरहेको बताए । यद्यपि, देश र जनताका लागि संघीयता कसरी फलदायी हुन सक्छ भन्ने विषयमा ध्यान केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।