रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा क्रिस्टियानो रोनाल्डो चम्किएपछि पोर्चुगलले उपाधि दाबेदार स्पेनलाई बराबरीमा रोक्न सफल भएको छ । रोनाल्डोले रसिया विश्वकपको पहिलो ह्याट्रिक गरेपछि स्पेनविरुद्ध समूह बी को खेलमा पोर्चुगलले एक अंक लिन सफल भएको हो । रोनाल्डोको व्यक्तिगत ५१ औँ हयाट्रिक विश्वकपमा पनि ५१ औँ ह्याट्रिकका रुपमा दर्ता भएको छ ।
खेलमा स्पेन र पोर्चुगलले ३-३ को बराबरी खेले । चौथो मिनेटमा पाएको पेनाल्टी मार्फत कप्तान क्रिष्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई सुरुवाति अग्रता दिलाए । त्यसको २० मिनेटपछि स्पेनका लागि डिएगो कोस्टाले बराबरी गोल गरे ।
रोनाल्डोले ४४ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा टिमलाई २-१ को अग्रता दिलाए । । तर दोस्रो हाफमा स्पेनले फेरि बराबरी र त्यसपछि अग्रता लियो । स्पेनका लागि ५५ औँ मिनेटमा डिएगो कोस्टाले फेरि बराबरी गोल गरे । खेलमा उनको यो दोस्रो गोल हो । त्यसपछि ५८ औँ मिनेटमा नाचोले गोल गरे र ३-२ को अग्रता दिलाए । तर पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले ८८ औँ मिनेटमा ह्याट्रिक गर्दै खेलमा बराबरी गरे । समूह ‘बी’मा रहेका स्पेन र पोर्चुगल दुवै युरोपेली टिम हुन् । स्पेन सन् २०१२ र २००८ को युरोकप च्याम्पियन हो भने पोर्चुगल अहिलेको युरोपेली विजेता हो ।