काठमाडौं, १ असार । रुसमा जारी विश्वकप फुटबल अन्तरगत समूह बी को पहिलो खेलमा इरान विजयी भएको छ ।
निकै प्रतिस्पर्धात्मक खेलमा इरानले मोरक्कोमाथि एक सून्य गोल अन्तरको कठिन जित निकालेको हो ।निर्धारित ९० मिनेट भित्र गोल रहित बराबरीमा रहेका दुई टिमले अतिरिक्त समयको चौथो मिनेटमा गोल भएको थियो । जीतसँगै इरानले ३ अंक लिएकाे छ ।