मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक बैठक आज बस्दै छ । बैठक बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्न लागेको हो । बैठकले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मानबारे निर्णय गर्ने तयारी छ ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो । मन्त्रिपरिषद् बैठक बसेर नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्ने तयारी छ । त्यसो भएमा नेम्वाङको शव व्यवस्थापनदेखि अन्त्येष्टिसम्म नेपाली सेना संलग्न हुनेछ ।