रुसमा जारी विश्वकप फुटबलअन्तर्गत आफ्नो पहिलो खेलमा दुई पटकको विश्व विजेता उरुग्वेले इजिप्टलाई १-० गोलले हराएको छ।
समूह ‘ए’अन्तर्गतको यस खेलको ९० औं मिनेटमा जोसे मारिया जिमिनेजले हेडमार्फत गोल गरे। इजिप्टका स्टार स्ट्राइकर मोहमद सलाह बेन्चमै सिमित रहे। समूहमा रुस तीन अंकसहित शीर्षस्थानमा छ। उरुग्वे दोस्रोमा छ। यसअघि बिहीबार रुसले साउदी अरबलाई ५-० गोलले हराएको थियो।