नोवल शान्ति पुरस्कारमा ट्रम्पको नाम सिफारिस

नोवल शान्ति पुरस्कारमा ट्रम्पको नाम सिफारिस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नोवल शान्ति पुरस्कारको लागि सिफारिस गरिएको छ । नर्वेका दुईजना सांसदले नोवल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस गरेका हुन् ।

नर्वेको पपुलिस्ट प्रोग्रेस पार्टीका सांसदहरू क्रिस्टियन टेब्रिङ र पेर विली एमुडसेनले उत्तर कोरियालीनेता किम जोङ उनसँगको ऐतिहासिक सिंगापुर वार्ताका कारण ट्रम्पको नाम नोवल पुरस्कारका लागि  सिफारिस गरेको बताएका छन् ।