काठमाडौं, १ असार । मुलुकका सातै प्रदेशले अाज आआफ्नो प्रदेशसभामा आगामी वर्षका लागि बजेट पेस गर्ने भएका छन् । देश संघीय संरचनामा गएसँगै सातै प्रदेशले पहिलो पटक बजेट पेस गर्न लागेका हुन् ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐनको दफा २१ मा प्रदेशले असार १ गतेृ आआफ्नो प्रदेशसभामा आगामी वर्षको आय र व्ययको अनुमानसहितको बजेट पेस गर्नुपर्ने उल्लेख छ ।
स्थानीय तहले भने असार १० गते भित्र आगामी वर्षको बजेट आआफ्नो सभामा पेस गर्नुपर्नेछ । संघीय सरकारले भने गत जेठ १५ गते नै बजेट प्रस्तुत गरी छलफलका क्रममा छ ।