काठमाडौं, १८ भदौ । कोशी प्रदेश सरकारविरुद्ध परेको रिटको सर्वाेच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदै छ ।
सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा कोशी सरकारविरुद्ध परेको सिटमाथि सोमबारबाट निरन्तर सुनुवाइ हुन लागेको हो ।मुख्यमन्त्री उद्धव थापाले प्रदेशससभाबाट विश्वासको मत लिने क्रममा सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीले समेत विश्वासको मत दिएका थिए । तर, उक्त कार्य असंवैधानिक भन्दै एमालेका हिक्मत कार्कीले सर्वाेच्चमा रिट दिएका हुन् ।
उक्त रिटमाथि पूर्ण इजलासमा सुनुवाइ गर्न आइतबार सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले आदेश भएको थियो ।