काठमाडौं । आज नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुदैँछ । एसियन कप क्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो । सो ऐतिहासिक प्रतिस्पर्धा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ । सो खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजेवाट सुरु हुनेछ ।
नेपालले भारतसँग पहिलो पटक यो उपल्लो स्तरको खेल खेल्न लागेको पहिलो पटक हो । नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो, सो खेला पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो ।
तर, भारतले छिमेकी पाकिस्तानसँग खेल्न अस्विकार गरे पछि नेपाली टोली पाकिस्तानवाट श्रीलंका पुगेको हो । बर्षाका कारण खेल हुन नसके पछि भारत भने पाकिस्तासँग अंक बाडदै नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।
नेपालको सम्भावित प्लेइङ ११
आसिफ शेख (विकेटकिपर),कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।