विश्वकपको २१औं संस्करण बिहीबारदेखि रुसमा सुरु भएको छ । रुसको मस्कोस्थित लुज्निकी रंगशालामा ब्रिटिस गायक रोबी विलियम्स र ब्राजिलियज लिजेन्ड रोनाल्डोको प्रस्तुतिसँगै फिफा विश्वकपको औपचारिक उदघाटन भएको छ ।
विलियम्सले आयोजक रुस र साउदी अरबबीचको खेलअघि रुसी गायीका एडा गारिफुलिनासँग मिलेर चर्चित सांगीतिक प्रस्तुति दिएका थिए ।
रोनाल्डोको बल प्रहार गदै उदघाटन गर्ने कार्यक्रम रहे पनि उनले बल बालकलाई दिए र बालकले विश्वकप मस्कटको प्रतीमातर्फ बल प्रहार गरेर उदघाटन गरे ।लुज्निकी रंगशालामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गरेका थिए ।
हामी आफ्नो देशमा विश्वकप आयोजना गर्न पाउँदा खुसी छौं राष्ट्रपति पुटिनले भने, वास्तवमा यहाँ फुटबललाई माया गरिन्छ, रुस एक खुला आतिथ्य र मित्रवत मुलुक हो ।