घरेलु मैदानमा साउदी अरबबिरुद्ध ५-० को प्रभावशाली जित हासिल गर्दै आयोजक रुसले विश्वकप-२०१८ को विजयी सुरुआत गरेको छ । तीस मिनेटको उदघाटनसमारोहपछि सुरु भएको खेलमा एशियाली प्रतिस्पर्धी साउदी अरबबिरुद्ध सहज जित हासिल गरेको हो । दुवै टोली खराव लयमा रहेको अवस्थामा खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको थियो ।
तर, एकपक्षीय रुपमा खेल नियन्त्रणमा राख्न सफल रुसले पहिलो हाफमै दुई गोल गरेको थियो । खेलको १२औं मिनेटमा युरी गाजिन्स्कीको हेडगोलमार्फत रुसले अग्रता लिएको थियो । अलेक्जान्दर गोलोभिनको पास सदुपयोग गरी उनले गोल गरेका थिए ।
२४औं मिनेटमा स्ट्राइकर एलन जागोब ह्यामस्ट्रिंगको चोटका कारण मैदान छाडेपछि आएका डेनिस चेरिसोभले २ गोल गरे । ४३औं मिनेटमा सब्सिच्युड खेलाडी डेनिस चेरिसेभले पहिलो बार च्यापेर गरेको प्रहार साउदीका गोलरक्षकले बचाउनै सकेनन् । उनले खेलको नियमितपछिको इन्ज्यूरी समयको पहिलो मिनेटमा डिबक्स एरियाबाट गरेको शशक्त प्रहार गोलमा परिणत भएको थियो । ७१औं मिनेटमा ज्युवाले गोलोभिनकै पासमा गोल गरेका थिए ।
त्यस्तै इन्ज्यूरी समयको तेस्रो मिनेटमा डिबक्स एरिया नजिकैबाट पाउको फ्रिकिकमा अलेक्जान्दर गोलोभिनले उत्कृष्ठ गोल गरी टिमलाई ऐतिहासिक ५-० को जित दिलाए ।