काठमाडौं, २९ जेठ । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई सिफारिस गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्याधिशमा चार वर्ष अगाडि सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्त भएका जोशीलाई सिफारिस गरेको हो।
जोशीले चैत १ गतेबाट कामु प्रधानन्यायाधिको जिम्मेवारी समाल्दै आएका थिए।
सर्वोच्च अदालतका प्रधानन्यायाधीशको पदावधी ६ वर्ष हुने भएपनि जोशीले ६५ वर्षे उमेरहदका कारण २०७६ असोज २३ गते अवकास पाउने छन्।