संसद बैठक सूचना टाँसेर स्थगित

संसद बैठक सूचना टाँसेर स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक बस्न नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ । दलहरु समिति गठन गर्न सहमत भए पनि समितिको संरचना र कार्यक्षेत्र टुंगिन बाँकी छ ।