

काठमाडौं, ४ भदौ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । गत २९ साउनमा सातौं चीन–दक्षिण एसिया प्रदर्शनी तथा २७औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उपराष्ट्रपति यादव चीन प्रस्थान गरेका थिए ।
चीनको कुनमिङबाट नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार अपरान्ह उपराष्ट्रपति स्वदेश फिर्ता भएका हुन् ।उपराष्ट्रपति यादवको स्वागतका लागि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित मन्त्रिपरिषद्का सदस्यलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।