

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आइतबारबाट संसद्को अवरोध हट्ने बताएका छन् ।
शनिवार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री प्रचण्डले कुरा गर्दै यस्तो बताएका हुन् ।संसद् गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै उनले आज पनि संसद् अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद् गतिरोध खुलाउन प्रयास गर्ने र आइतबार संसद् सुसञ्चालन हुनेमा आशावादी रहेको उल्लेख गरे ।
उनले भने, ‘हामीले निरन्तर पहल गर्दै आएको तपाईँहरूलाई थाहा छँदै छ । हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटार नै उहाँ आउनु भयो र उहाँसँग कुरा भएको छ । आज बेलुकासम्म हामी प्रयास बढाउँदै छौँ । आशा छ भोलि सदन खुल्छ ।’