चितवन, २९ जेठ । हिजो साँझ परेको अविरल वर्षाका कारण पहिरो खसेर नारायणगढ—मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ । मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी दिएको छ ।
राति ११ः२० बजेदेखि अवरुद्ध सडक मंगलबार बिहान ३ः२० बजे एकतर्फी सञ्चालनमा आएको थियो । बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम भइरहेको भएपनि सवारी आवागमनमा भने समस्या भएको छ ।