

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को पहिलोपटक सर्वदलीय बैठक बोलाउने भएका छन् ।
राष्ट्रपति पौडेल स्रोतका अनुसार संसद्को अवरोध हटाउने विषयमा शनिबार वा आइतबार सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको छ ।राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना,कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सँग छलफल गरिसकेका छन् ।