

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले आफ्नो पार्टीका सांसद सुनील शर्मा पक्राउ अनुचित र आपत्तिजनक रहेको ठहर गरेको छ ।
शुक्रबार बसेको सो पार्टीको संसदीय दलको बैठकले सांसद शर्मा पक्राउ अप्रत्यासित र आपत्तिजनक रहेको ठहर गरेको हो । ‘यो आपत्तिजनक र अप्रत्यासित छ । दलको बैठक जारी छ । यसबारेमा हामी थप अध्ययन, छलफल गरेर आइतबार निर्णय गर्छौ’, कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकपछि भने । नक्कली शैक्षिक प्रमाणपत्र भएको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
नेता लेखकका अनुसार कांग्रेस संसदीय दलको बैठक आइतबार साढे १२ बजे पुनः बस्नेछ । शुक्रबारको बैठकमा १९ जना सांसदहरुले धारणा राखेका छन् । यसबाहेक कांग्रेसले जनजीविकाका सवालमा अन्य चारवटा विषयमा निर्णय गरेको छ ।