रास्वपाले संसद अवरुद्ध भएको दिनको सेवासुविधा नलिने

रास्वपाले संसद अवरुद्ध भएको दिनको सेवासुविधा नलिने

काठमाडौं, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेका छन् ।शुक्रवार संसद भवनअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सभापति रवि लामिछानेले सो बारेमा जानकारी दिनुभएको हो । उहाँले लोकतान्त्रिक विधि

अपनाएर संसदीय अभ्यासभित्र रहेर संसद सुचारु गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरेको पनि बताउनु भयो । उहाँले संसद नचलेको अवस्थामा कुनैपनि बेलामा हामीले हाजिरि मात्र गरेर तलव सुविधा लिनु उचित नरहेको ठानेर यसअघि अवरुद्ध भएको संसद बैठक र अब हुने संसद अवरुद्ध बैठकबाट आउने सेवासुविधा नलिने बताउनु भयो ।