कानुन मन्त्री धनराज गुरुङ अस्पताल भर्ना

कानुन मन्त्री धनराज गुरुङ अस्पताल भर्ना

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । उनलाई ब्लड प्रेसर र मुटुको धडकन कम भएकाले अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव प्रेम केसीले जानकारी दिए ।

उनलाई महाराजगञ्गस्थित त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।अस्वस्थ्य भएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा स्वास्थ्य परीक्षणका लागि पुगेका उनलाई अस्पतालले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरेको हो ।

मन्त्री गुरुङलाई आज डाक्टरको निगरानीमा अस्पतालमै राखिने केसीले जानकारी दिए ।