मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रपति पौडेलबाट प्रमाणीकरण

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रपति पौडेलबाट प्रमाणीकरण

काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् ।

दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतलनिवास पुगेको विधेयक शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको हुन। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ ।