विमानस्थल भन्सार प्रमुख पोखरेल हटाइए, पाण्डेलाई जिम्मेवारी

विमानस्थल भन्सार प्रमुख पोखरेल हटाइए, पाण्डेलाई जिम्मेवारी

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको छ । झन्डै एक क्विन्टल सुन विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरिएको घटनामा छानबिन गर्न पोखरेललाई उक्त जिम्मेवारीबाट अलग गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले बताए ।

पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।