१५औं महाधिवेशनमा शेखरलाई सभापति बनाउँछौं : धनराज गुरुङ

१५औं महाधिवेशनमा शेखरलाई सभापति बनाउँछौं : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको १५औं महाधिवेशनमा शेखर कोइरालालाई सभापति बनाउने दाबी गरेका छन् ।

मंगलबार वीपी स्मृति सप्ताह कार्यक्रममा बोल्दै उनले अबको आफूहरूको अजुनदृष्टि १५औं महाधिवेशन हुने बताए। उपसभापति गुरुङले भने, अहिले नै सभापति बदल्न नसक्ने बताए नपुग्ने कुरा नगर्ने भन्दै उनले भने, ‘अहिले नै पार्टी सभापति बदल्नुपर्छ भन्ने चाहन्न । तर १५औं महाधिवेशनमा पार्टी सभापति बदल्ने हो ।’

त्यो बेला शेखरलाई उम्मेदवार बनाउने मात्र होइन, सभापतिमा स्थापित गर्ने उनको दाबी छ ।