

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युन काठमाडौं आइपुगेका छन् ।दक्षिण एसियाका मुलुकहरुको भ्रमणमा रहेका उनी श्रीलंकाको भ्रमण सकेर नेपाल आएका हुन् ।
युआन सीपीसीका उच्च तहका नेता हुन् । तीन दिन काठमाडौं रहँदा उनले नेपालका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नेछन् । गत पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि यो चीनबाट हुन लागेको उच्चस्तरको भ्रमण हो ।