

काठमाडौं ।ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार थप एक जनालाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए।पक्राउ पर्नेमा तत्कालीन नापीका कर्मचारी अरूणकुमार श्रेष्ठ छन्। उनलाई प्रहरीले जोरपाटीस्थित घरबाट पक्राउ गरेको हो।