-शिव देबकोटा-
नुवाकोट,जेठ २४ । नुवाकोटमा जारी ‘बिशाल सिमेन्ट नुवाकोट गोल्डकप–२०७५’ अन्तर्गत शनिवार उपाधिका लागि रुश्लान थ्रिस्टार कल्व र नेपाल पलिस कल्व विच प्रतिस्पर्धा हुने भएको छ । जेठ १७ गते देखि नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा जारी प्रतियोगितामा आ–आफ्ना प्रतिस्पर्धीहरुलाई पराजित गर्दे नेपालका चर्चित दुई कल्वले आफुलाई उपाधिको दाबेदारको रुपमा प्रस्तुत गरेका छन् ।
नेपाल पुलिस कल्वले आफुलाई उपाधिको दावेदार वनाउँदा प्रतियोगितामै पहिलोपटक ट्राईबेकरबाट निर्णय भयो । प्रतिस्पर्धी पोखरा –११को चुनौति पन्छाउन ट्राईबेकरले साथ दिएको पुलिसको सहज जित निकाल्ने अपेक्षामा पोखराका खेलाडीहरुले धेरै पटक चुनौती पेश गरेका थिए । पुलिसलाई ट्राईबेकरबाट जित दिलाउन सुमन लामा, अभिषेक रिजाल र तेज तामाङले गोल गरे भने पोखराका बिशाल अधिकारी र अजित गुरुङ मात्र गोल गर्न सफल भएका थिए । यसअघि बुधवारको पहिलो सेमिफाईनल खेलमा आयोजक नुवाकोटलाई १ का बिरुद्ध ४ गोलको अन्तरले पराजित गर्दे रुश्लान थ्रिस्टार कल्वले फाईनलको यात्रा तय गरेको थियो । अव शनिवार हुने फाईनल खेलमा नेपालका चर्चित दुई कल्वबाट सहभागि राष्ट्रिय खेलाडीहरुको बास्तविक खेल कौशलको परीक्षण समेत नुवाकोटको मैदानमा हुने भएको छ । जिल्ला खेलकुद बिकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा भईरहेको प्रतियोगितामा बिजेताले पाँचलाख रुपैयाँ र उपबिजेताले तीनलाख रुपैया नगद पुरस्कार प्राप्त गर्नेछन् ।