काठमाडौं । बीपी राजमार्गमा बढी भार क्षमताका गाडी नचलाउन सर्वोच्च अदालतले आदेश दिए पनि कार्यान्वयन भने भएको छैन । बीपी राजमार्गमा बढी भारवहन भएका सवारी साधनलाई रोक लगाउन परेको रिटमा सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले जेठ २० गते अन्तरिम आदेश जारी गर्दै बढी भरवहन क्षमताका ठूला सवारीलाई रोक लगाएको थियो ।
सर्वोच्चको अन्तरिम आदेशलाई अवज्ञा गर्दै स्थानीय प्रशासनले निर्वाधरुपमा बढी भारवहन क्षमताका मालवाहक तथा यात्रुवाहक सवारी साधनलाई मिलेमतोमा सञ्चालन गर्न दिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गत जेठ १३ मा बीपी राजमार्गमा ठूला सवारी साधन समेत चल्न पाउने निर्णय गरेका थिए । त्यसविरुद्ध अधिवक्ता कैलाश दाहालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।