

काठमाडौं, २४ जेठ । विश्व बैंकका अनुसार यस वर्ष नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै तेस्रो उच्च हुनेछ। नेपालभन्दा बढी दरको आर्थिक वृद्धिदर भारत र बंगलादेशले हासिल गर्ने छन् । याे समाचार नयाँ पत्रिका दैनिकबाट लिएका हाैँ ।
चालु आर्थिक वर्ष ०७४ /७५ (२०१८)मा नेपालको आर्थिक वृद्धिदर ६ दशमलब ३ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। गत जनवरीमा गरेको आर्थिक वृद्धिको प्रक्षेपणभन्दा १ दशमलब ७ प्रतिशत बढाएर विश्व बैंकले नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो। भारतको आर्थिक वृद्धिदर ६ दशमलब ७ प्रतिशत र बंगलादेशको ६ दशमलब ५ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ।