पोखरा विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि अयोग्य

पोखरा विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि अयोग्य

काठमाडौं, २३ जेठ । निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि अयोग्य भएको सरकारी अध्ययनले नै देखाएको छ । यो खबर आजको कारोबार दैनिकबाट लिएका हौं ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ टोलीले पोखरा अन्तर्राष्ट्रिय उडानका लागि योग्य नरहेको प्रतिवेदन तयार पारेको हो । पूर्वसचिव विरेन्द्र बहादुर देउजाले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई पोखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि योग्य नभएको प्रतिवेदन पेश गरेका हुन् ।