काठमाडौं, २३ जेठ । आफैले तोकेको म्यादभित्र महाधिवेशन गर्न नसकी दलको वैधानिकतामाथि नै प्रश्न उठ्ने परिस्थिती उत्पन्न भएपछि राष्ट्रिय जनता पार्टीले समस्याको समाधान खोज्न गृहकार्य सुरु गरेको छ । मधेसकेन्द्रित ५ वटा दल एकीकृत भई बनेको राजपाले निर्वाचन आयोगमा दल दर्ता गर्दा आगामी असार मसान्तभित्र महाधिवेशन गरिसक्ने प्रतिबद्धता जनाएको थियो । यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौं ।
दलको वैधानिकता जोगाउने उपाय खोज्न राजपा अध्यक्षमण्डलको बैठक मंगलबार बसेको थियो । हामीले सबै समसामयिक विषयमा छलफल गर्यौँ अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले भने, बुधबार पनि बैठक बस्नेछ र आवश्यक निर्णय हुनेछ ।