

विराटनगर । कोशी प्रदेश सरकार र प्रदेशको नाम परिवर्तनको माग गर्दै आन्दोलनरत प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिबीच वार्ता सुरु भएको छ । विराटनगरको विग होटलमा वार्ता जारी छ ।
माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए । वार्ता समितिमा उद्योग कृषि तथा सहकारी मन्त्री सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य छन् ।
सरकारले वार्ताको आह्वान गरेपछि आइतबार पहिचान पक्षधरले पनि वार्ता समिति बनाएको थियो । गत फागुन १७ गते प्रदेशसभाले प्रदेश नं. १ को नाम कोशी राखेपछि पहिचान पक्षधर नाम परिवर्तनको मागसहित आन्दोलनमा छन् ।