सुन तस्करीका अभियुक्त कारागार चलान

सुन तस्करीका अभियुक्त कारागार चलान

काठमाडौं, २१ जेठ । सुन तस्करीका अभियुक्त ‘डा डेविट’ भनिने छिरिङ वाङगेल घले आज पुर्पक्षका लागि कारागार चलान भएका छन् । मोरङस्थित जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलाशले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो । 

उनीसँग १० पानाको बयान लिएपछि थुनछेकको वहस भएको थियो । ३८ क्विन्टल सुन तस्करी, सनम शाक्यको हत्या र अपराधिक सङ्गठन सञ्चालन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मोरङले गत वैशाख १९ गते ६३ जनामाथि मुद्दा दर्ता गरेपछि उनी फरारका सूचीमा थिए ।घलेले आइतबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका हुन् ।