नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को महिना ग्लोबल टी–२० क्यानडा क्रिकेट लिग खेल्ने भएका छन् । उत्तर अमेरिकामा हुन लागेको पहिलो फ्रेन्चाइज प्रतियोगितामा सन्दीपलाई आइतबार मोन्ट्रिइल टाइगर्सले लिएको हो ।
इन्डियन प्रिमियर लिग खेलेर चर्चामा आएको सन्दिपलाई मोन्ट्रेल टाइगर्सले खरिद गरेको हो । छैटौ चरणमा सन्दिपले मोन्ट्रेलले किनेको हो । क्यारेवियन प्रिमियर लिगमा पाँच हजार डलरमा विक्रि भएका सन्दिपले क्यानेडियन प्रिमियर लिगमा चरण अनुसारको रकम पाउनेछन । पहिलो चरणमामा पर्नेले ९० हजार डलरसम्म पाउन सक्नेछन । आइपिएलमा दिल्लीबाट खेलेका सन्दिपले २० लाख भारु पाएका थिए । क्यानेडियन प्रिमियर लिगबाट कति रकम पाउछन भन्ने एकिन भने भएको छैन ।