

काठमाडौं, २१ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा पुनः समस्या देखिएपछि थप उपचारका लागि भारत लगिने भएको छ । शनिबार मात्रै भारतको मेदान्त अस्पतालमा उपचार गरी स्वदेश फर्केका घिमिरेको स्वास्थ्यमा समस्या देखिएकाे थियाे । ग्राण्डी अस्पतालमा उपचाररत उनको दिसामा निरन्तर रगत देखिएपछि गत जेठ ९ गते भारतको मेदान्त अस्पताल लगिएको थियो ।यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौँ ।
ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेका अनुसार हिजो साँझबाट पुरानै समस्या (दिसाबाट रगत जाने) बल्झिएपछि भारत लैजाने तयारी भएको हाे । उनले घिमिरे परिवारले भारतमा उपचाररत चिकित्सकसँग सम्पर्क गरेपछि साेही अस्पताल लैजाने निधो भएको पुष्टि गरे ।