काठमाडौं, २० जेठ । सांसदहरुले पटक पटक ध्यानाकर्षण गराउँदा पनि मन्त्रीहरु संसद बैठकमा नदेखिएपछि मन्त्रिपरिषदले उीनहरुको पालो तोकिदिएको छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिएका हौँ ।
आइतबार
प्रतिनिधिसभा : रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्यमन्त्री
राष्ट्रिय सभा : शिक्षा, खानेपानी र उद्योगमन्त्री
सोमबार
प्रतिनिधिसभा : गृह, वन, कृषिमन्त्री
राष्ट्रिय सभा : कानुन, सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि र पर्यटनमन्त्री
मंगलबार
प्रतिनिधिसभा : परराष्ट्र, श्रम र युवा
राष्ट्रिय सभा : भौतिक पूर्वाधार, अर्थ, ऊर्जा, कृषिमन्त्री
बुधबार
प्रतिनिधिसभा : शिक्षा, खानेपानी, उद्योगमन्त्री
राष्ट्रिय सभा : रक्षा, महिला, पर्यटन र स्वास्थ्यमन्त्री
बिहीबार
प्रतिनिधिसभा : कानुन, सामान्य प्रशासन, सञ्चार, पर्यटनमन्त्री
राष्टिय सभा : गृह, वन र कृषिमन्त्री
शुक्रबार
प्रतिनिधिसभा : भौतिक पूर्वाधार, अर्थ, ऊर्जा, कृषिमन्त्री
राष्ट्रिय सभा : परराष्ट्र, श्रम र युवामन्त्री
शनिबार
प्रतिनिधिसभा र राष्ट्रिय सभा :
कानुनमन्त्री, स्वास्थ्य, पर्यटन, कृषि राज्यमन्त्री