फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य: (कसको कति मूल्य हेर्नुहोस्)

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य: (कसको कति मूल्य हेर्नुहोस्)

काठमाडौं, १९ जेठ । नेपाल अायल निगमले पेट्राेल, डिजल तथा मट्टितेलकाे मूल्य शनिबार मध्यरातदेखि लागू हुने गरी बढाएको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३/३ रुपैयाँ वृद्धि गरेकोे हो।

निगमका अनुसार अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मटि्टतेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । ग्यासको मूल्य भने साबिककै छ।

भारतीय आयल कर्पोरेशन (आईओसी)ले शुक्रबार नयाँ मूल्यसूची पठाएको थियो । यो पटक मूल्य बढाउँदा अझै पनि निगमलाई महिनामा १८ करोड ६२ लाख घाटा छ ।

यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेलमा ३.४९ रूपैयाँ घाटा छ ।   ग्यासमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा छ ।