मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कर्मक्षेत्रमा रहेको चन्द्रमाका साथमा यस साताको उदय भएको छ । समग्रमा आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले समय बितेको पत्तो पाउनु हुन्न, तर श्रमिक, पशुपालक र कृषकले अलि बढी थाकेको अनुभूति गर्नेछन् । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो हुन्छ । इष्टमित्रले प्रशंसा गर्नेछन् । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । बौद्धिक प्राज्ञिक गतिविधिमा संलग्न हुनेपर्ने छ । तर बिहीबारपछि आकस्मिक रूपमा धनव्यय हुने सङ्केत छ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन । धैर्यले काम लिने समय छ । छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतियोगिता र प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
राम्रो समय छ । भाग्यको उदय हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । साथीभाइसित भेटघाट हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ । दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई पालना गर्दा लाभ प्राप्त हुनसक्छ । साताको मध्यभागमा व्यवसायिक क्षेत्रमा खट्नु पर्ने समय रहने छ । आम्दानीमा कमी आउने छैन । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने समय हो । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । साताको अन्त्यमा विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । मेवा मिष्टान्न परिकार मिल्नेछ, भेटघाट राम्रै होला । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साताको प्रारम्भ अनुकूल हुने छैन, आठौं भावमा चन्द्रमा छ, त्यसैले खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ, स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । सोमबारसम्म धैर्यता, संयमता र सोचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापबाट हानि पुग्ने सम्भावना छ । तर साताको उत्तरार्द्धमा धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । रोकिएको काम बनेको समाचार सुन्न पाउने सम्भावना समेत छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । नयाँ ज्ञान प्राप्त हुनेछ । मातापिता वा अभिभावकबाट कुनै महत्त्वपूर्ण कुरो फुत्काउन सक्नुहुन्छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुरुमा मनोरञ्जनात्मक समय रहने छ । मध्यभागमा झिनामसिना समस्या देखिए पनि साताको अन्त्य पनि सकारात्मक रहने देखिन्छ । प्रारम्भमा कृषि, पशुपालन र दुग्धजन्य पेसामा संलग्न व्यक्तिहरुले राम्रो आर्थिक लाभ गर्नेछन् । प्रायः सबैले प्रणयसम्बन्ध र रतिरागका लागि समय छुट्याउने छन् । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । मङ्गलबारदेखि बिहीवारसम्म ढिलो गरी कार्यसम्पादन हुने समय छ । अनावश्यक यात्रा तथा गुप्त र मानसिक रोगले सताउन सक्छ । लेनदेनमा विवाद हुनेछ । व्यवहारिक रूपमा हानी ब्यहोर्नुपर्छ । शुक्रवार र शनिवार इष्टमित्रले तपार्इंको प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । अप्रत्याशित काम बन्ने योग छ । पारिवारिक जीवन सामान्य रहने छ । इच्छाएको जिम्मेबारी प्राप्त हुनसक्छ । खानपानमा खर्च गर्न मन हौसिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राम्रो साता छैन, छाती वा पेटको रोगका कारण स्वास्थ्यमा अचानक गडबडी आउने देखिन्छ र तपाईंलाई निराश तुल्याउन सक्छ । पारिवारिक समस्यालाई हल गर्न तल्लीन हुनुपर्ने छ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा खिन्नता बढ्नेछ । सहयोगी हातहरू पछि हट्न सक्छन् । अनावश्यक र दिक्कलाग्दो यात्रा हुन सक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । यद्यपि साताको मध्यभागमा मन भुलाउने उपायको प्राप्ति हुनेछ । मङ्गलबारदेखि बिहीवारसम्म प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । शुभसमाचारको आगमनले मन प्रसन्न रहने समय छ । शत्रुहरू पराजित हुनेछन् । यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । त्यसैले साताको प्रारम्भ र अन्त्यमा सचेत हुनसके समय आफ्नो पक्षमा बनाउन सकिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइले तपाईंका सकारात्मक कामको समुचित मूल्याङ्कन गर्नेछन् । मनोरञ्जनका लागि राम्रै समय छ । आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । समय चुनौती र परीक्षणका रूपमा देखा परेको छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । तर मङ्गलबारदेखि बिहीवारसम्म समय प्रतिकूल रहने छ, सहयोगी हातहरू पछि हट्न सक्छन् । गरिएका उद्यममा सफलता प्राप्त हुनेछैन । शत्रुले छवि बिगार्ने प्रयास गर्नेछन् । जीवनसाथीसितको सम्बन्धमा नकारात्मकता देखिनसक्छ । सवारी साधनबाटसमेत हानि पुग्नसक्छ । सचेत हुनुपर्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यस साताको प्रारम्भमा नै परिवारमा मतभेद हुनेछ, त्यसैले झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । प्रतिकूल परिस्थितिले पछ्याउने छ । सानातिना कामको झमेला आउनसक्छ । गरिएको लगानीबाट दीर्घकालीन फाइदा नहुन सक्छ । तर मङ्गलबारपछि समय उत्साहवद्र्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । अध्ययन अध्यापन सफल रहेको छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ । फेरि साताको अन्त्य पनि अनुकूल हुने छैन, पाचनप्रणाली र नसासम्बद्ध रोगले दुःख दिन सक्छ । दृष्टिशक्तिमा कमी आउन सक्छ । व्यवहारिक समस्याले काममा अवरोध हुने सम्भावना छ । शनिवारका दिन मन आनन्दका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामान्यतया राम्रै समय रहने छ, मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ । घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् । पढाइमा पनि राम्रै प्रगति हुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो लाभ हुने छ । तर मङ्गलबार र बुधवार आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । उक्त समयमा मातापिता र मान्यजनको स्वास्थ्यप्रति सचेत रहनु होला । गरेका कामधन्दा र मिहिनेतबाट लाभ हुने सम्भावना छैन । रोकिएको कामधन्दामा प्रगति हुन सक्दैन ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक क्षेत्र सबल रहने साता छ । नयाँ लगानीका लागि राम्रो छ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । बन्दव्यापारबाट राम्रो फाइदा लिन सकिन्छ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्ने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा सुधार आउने छ । ढिलै भए पनि तपार्इंले भने जसरी नै काम सम्पन्न हुनेछ । बिहीबारपछि घरायसी समस्याका कारण घरबाहिर जानुपर्ने सम्भावना देखिन्छ । कामधन्दा र पारिवारिक समस्यामा केन्द्रित हुनाले फुर्सद निकाल्न सकिंदैन । शुक्रवार र शनिवारका दिन सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । समग्रमा जिम्मेबारी वहन गर्नु पर्ने साता छ, उत्साहपूर्वक काम गर्नुहोला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ योजना कार्यान्वयन गर्ने र दीर्घकालीन योजना बनाउने समय हो । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्न अनुकूल हुनेछ । कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने समय छ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । कार्य सफल हुँदै जानेछ । रमाइलो यात्रा हुन सक्छ । पुराना साथीभाइसित भेटघाट हुनसक्छ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । दीर्घकालिक योजनालाई मूर्त बनाउन चिन्तन महत्त्वपूर्ण बन्न सक्छ । साताको अन्त्यमा शान्ति र प्रसन्नताको अनुभूति हुनेछ, साताभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आकस्मिक र बाध्यताकारी खर्चबर्च बढ्ने सङ्केत छ, कृषिक्षेत्रबाट बेफाइदा हुनेछ । पारिवारिक सहयोग प्राप्त हुँदैन । यात्रा घातक बन्नसक्छ । अनावश्यक र निरर्थक लगानी बढ्नेछ । आम्दानीका मार्ग अवरुद्ध हुनेछन् । स्वास्थ्य प्रतिकूल रहनेछ । आइतवार र सोमवार चिन्ता र शङ्काले मन व्याकुल हुनसक्छ । तर साताको उत्तरार्द्ध राम्रो रहने छ, दानपुण्यका लागि असल छ । चिन्तनमनन र अध्यात्मप्रति आकर्षित हुँदा राम्रो हुनेछ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । नातेदार र कुटुम्बले काममा सहयोग गर्नेछन् । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने छ । समग्रमा यो साता नराम्रो छैन, परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ, मन उत्ताउलो र अधैर्य बन्नसक्छ, संयम हुनु राम्रो हुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साताको प्रारम्भमा आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला । पढाइमा प्रगति हुनेछ । मङ्गलबारपछि दुई दिन आर्थिक पक्ष कमजोर रहने छ, बन्दव्यापार, श्रममूलक काम, कृषि तथा पशुपालनका क्षेत्रमा सोचेअनुसार लाभ हुनेछैन, धनसङ्ग्रहका क्षेत्रमा बाधा छ, आकस्मिक रूपमा अतिथिको आवाभगत गर्नुपर्ने समेत हुनसक्छ । दैनिक कामकाजमा खर्च बढ्ने छ । के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । शुक्रवार र शनिवार आफ्नै घरमा रहेको चन्द्रमाले उत्साह जगाउने छ, काम गर्न जाँगर चल्नेछ । वस्तुतः यो साता समय र अवसरलाई उपयोग गर्नसके राम्रो फाइदा लिन सकिने समय छ ।
-सहप्राध्यापक कृष्णप्रसाद कोइरालाले लेख्नुभएको राशिफल ज्योतिष साथीबाट लिएका हौँ ।