काठमाडौं, १९ जेठ । धेरै युवाले प्रतिक्षा गरेकाे नवौं कोरियन भाषा परीक्षाको केन्द्र तोकिएको छ । यही जेठ २६ र २७ हुने भाषा परीक्षाका लागि केन्द्र तोकिएको हो ।
परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकिएको छ । परीक्षा लागि ८ बजेदेखि १० सम्म र १२ देखि ४ बजेसम्म सञ्चालन हुने भएकाे छ ।