एमालेको अवरोधपछि संसद बैठक २० मिनेटलाई स्थगित

एमालेको अवरोधपछि संसद बैठक २० मिनेटलाई स्थगित

काठमाडौँ।  नेकपा एमालेले अवरोध गरेपछि संसद बैठक २० मिनेटका लागि स्थगित भएको छ ।नेकपा एमालेले आफ्नो सरकार हुँदा पशुपतिमा लगाएको सुनको जलारीलाई पित्तलको भनेर सत्ता पक्षले आरोप लगाएको भन्दै संसद अवरोध गरेको छ । शुक्रबारको बैठकमा विना आधार आरोप लगाइएको भन्दै एमालेले संसद् अवरोध गरेको हो ।

‘विना अधार विना प्रमाण प्रमुख प्रतिपक्ष दललाई इगित गर्दै भ्रष्टाचारको गरेको आरोप लगाइन्छ,’ एमाले सचेतक पदम गिरीले भने, ‘सत्ता पक्षकै सांसद लेखनाथ दाहालले हिजो नेकपा एमालेको सरकार हुँदा केपी शर्मा ओलीले पशुपतिनाथको जलाहरीमा सुन लगाउने काममा पित्तल लगाउने काम भएको छ र भ्रष्टाचार भएको छ भन्ने भन्ने गम्भीर आरोप यही सदनमा लगाउनु भएको छ ।’

आरोप कुन तथ्यमा लगाएको भन्दै एमालेले सरकारलाई पुष्टि गर्न वा संसदको रेकर्डबाट त्यो भनाइ हटाउन माग राखेको छ ।