जसपा संसदीय दलको नेता बने उपेन्द्र यादव

जसपा संसदीय दलको नेता बने उपेन्द्र यादव

काठमाडौं । समाजवादी पार्टीका संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । जसपा संसदीय दलको सोमबार बसेको बैठकले यादवलाई सर्वसम्मत रूपमा चयन गरेको हो ।

यद्यपि आधिकारिक घोषणा भने केहीबेरमा हुने बताइएकाे छ । गत मंसिरमा भएको निर्वाचनमा सप्तरी क्षेत्र नं २ बाट पराजित भएका यादव वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका हुन् ।

बारा क्षेत्र नं २ बाट जसपाका तर्फबाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो ।

रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि जसपा संसदीय दलको नेता कोही बनेका थिएनन् ।